ससद बैठकमै सासद नाङ्गिए
नेपालको राजनीति यति बिकृत भैसकेको छ सामान्य मानिसले अनुमान गर्न पनि सक्दैनन् । यस्को नाङ्गो रुप आज ससद बैठकमै स्वतन्त्र सासद डा अमरेश कुमार सिहले अर्धनग्न भएरै देखाए । सरकारको कार्यशैली प्रतिको आक्रोश नै यो नग्नताको कारण हो उनले सदनमा सरकारको र भ्रष्टाचारको चर्को बिरोध गर्दै आएका थिए । दसकौ सम्म काङ्ग्रेसमा रहेका सिह गत मङ्सिर ४ को निर्बाचनमा काङ्ग्रेस बाट टिकट नपाएपछी स्वतन्त्र रुपमा उठेर गठबन्धनका ५ दललाइ हराएर बिजयी भएका थिए । ससदमा आफ्नो भनाइ राख्न समय नपाएपछि उनले ससद बैठक चलिरहेको अबस्थामा बिरोध जनाउदै आफ्नो लुगा फुकालेर अर्धनग्न भएका थिए ।