फेरिदै छ काठमाडौंको मुहार
यतिबेला काठमाडौं उपत्यकाका प्राय जसो ठाँउमा जाकाराण्डा फुलफुलेर शहरलाइ सुन्दर र सुगन्धमय बनाएको छ शहरका चोक चोक र सडक छेउछाउमा साना देखि ठुलासम्म जाकाराण्डाका बोटहरु लस्करै छन यो सिजनमा फुल्ने यो फुलले बाताबरण नै स्वच्छ सुन्दर र सुगन्धमय बनाएको छ फुलको सुन्दरतालाई आफुसगै क्यामेरामा फोटो कैद गर्नेहरुको उतिकै घुइँचो देखिन्छ उपत्यका भित्रको सरसफाइ फोहोर ब्यबस्थापन र पुनर्निर्माणले गति लिएपछी राजधानी शहर हेर्न लायक बन्दै छ । अव्यवस्थित फुटपाथ माकुराको जालो झै जेलिएका विद्युत टेलिफोन र ईन्टरनेटका तारहरुले कुरुप अबस्थामा रहेको काठमाडौं शहरले बिस्तारै काचुली फेर्दै छ । तारहरुलाइ भुमिगत बनाउने कार्य चलिरहेको छ भने फुटपाथलाई रंगीचंगी ब्यबस्थित बाटोको रूपमा निर्माण गरिदै छ । काठमाडौं महानगरमा स्वतन्त्र मेयर बालेनले जिते सगै काठमाडौंको मुहार फेरिनेमा राजधानी बासीको आशा र अपेक्षा धेरै रहेको छ ।