फुलैफुलको पर्व तिहार
नेपालीहरुको महान पर्व तिहार नेपालीहरुको घर आगनमा आइसकेको छ आफ्ना दाजुभाइहरुलाइ मृत्युले पनि लैजान नसकोस भन्ने कामना गर्दै कहिले नसुक्ने दुबो र कहिले नओइलाउने मखमली र सयपत्री फुलको माला लगाएर दाजुभाइको पुजा गरिन्छ बर्ष भरी टाढा भएका आफ्ना दिदीबहिनीहरु सगको रमाइलो भेट अनि देउसी भैलो को रमाइलो पल मिठा परिकारहरुको भोजन बारिभरी फुलेका रंगीचंगी फुलहरुले तिहार बास्तबमै अत्यन्त रमाइलो हुने गर्दछ । तपाईंको पनि तिहार रमाइलो बनोस शुभकामना ।।