अनमोल केसीलाई ३ दिन हिरासतमा राख्ने आदेश
काठमाडौ १४ असोज - अपराधीक विश्वासघात कसुर आरोप लागेका अभिनेता अनमोल केसीलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ । अभिनेता केसीले रामायण फिल्म खेल्नको लागि १० लाख पेश्की लिएको र रकम पेश्की लिएपछि फिल्म खेल्न आनाकानी गरेको भन्दै निर्माता युनिटले केसी विरुद्ध अपराधिक बिश्वास घात गरेको कसुरमा प्रहरीमा जाहेरी दिएका थिए सोही जाहेरीको आधारमा हिजो केसीलाइ सागा बाट प्रहरीले पक्राउ गरेको थियो ।