असार १५ दिवसमा मात्र सिमित नरहोस
आज असार १५ अर्थात धान दिवस नेपाल कृषिप्रधान देश हो झण्डै ८५ प्रतिशत नेपाली कृषि पेशामा निर्भर छन तर देशको कृषि क्षेत्र प्रतिको नीति र उदासिनताले किसानहरूले आफ्नो उर्भर भुमी बाझो राखेर खाडि मुलुक र अन्य मुलुकमा आफ्नो अमुल्य पसिना बगाउन जानू पर्ने बाध्यता छ खेती गर्ने समयमा मल बीउ नपाउदा खेती गर्न कठिनाइ भैरहेको छ सिंचाइको प्रबन्ध नहुनु किटनाशक औसधि र अन्य कृषिमा आबस्यक पर्ने बस्तुहरुको अभावले नेपालको कृषि क्षेत्र ओरालो गतिमा छ तरकारी फलफूल अन्न बाली सबै कुरामा परनिर्भरतामा पर्न बाध्य हुनु परेको छ । त्यसैले असार १५ धान दिवस एउटा दिवस मात्र सिमित नभएर कृषि क्षेत्रमा एउटा परिबर्तन शिल र प्रगती शिल दिन बनोस कृषक र कृषि पेशामा आबद्ध सबैमा शुभकामना ।