काठमाडाै् १० साउन ।सिजन अनुसारकाे फल मध्ये एक रुख कटहर पनि हाे । अहिले पनि गाउँघरतिर कटहरलाई गाडी चढाउन मान्दैनन् ।गाउघरतिर सबैका घरदेखि वनमा समेत रुख कटहर पाइन्छ । अहिलेको सिजन रुख कटहरको सिजन पनि हाे ।रुख कटहरवाट गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङमा वडाको पहलमा विदेशबाट फर्केर आएका युवाहरूले वाइन बनाउन थालेका छन । गाउँभरिका कटहरभेला गरेर वडामा जम्मा पारिएको छ । प्रतिकिलो वडाले किसानलाई २ रुपैयाँका दरले दिने गरेकाे छ । एउटै डल्लाबाट २५ देखि ३० रुपैयाँसम्म किसानले पाउछन । किसानने उत्पादन गरेकाे फल पनि खेर नजाने वडाध्यक्ष यामबहादुर थापाले भनेका छन । अर्को वर्षदेखि अझै व्यावसायिक बनाउने योजना छ ।गाउँघरमा घरेलु मदिरा अहिले पनि उत्पादन भइरहेको छ । नयाँ प्रविधिको प्रयोग गरेर वाइन बनाउन लागिएको थापाले सुनाएका छन । गाउँमा बाहिरबाट रक्सी ल्याएर खाँदा रकम बिदेसिएको र महंगाे पनि पर्ने गर्छ । स्थानीय रक्सी उत्पादन भए गाउँमै पैसा बस्छ उनले भने गाउँमा प्रयोग गरेर बढी भएको वाइन मनकामना र गोरखा बजारसम्म लगेर बेच्चने बताएका छन ।