अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना
काठमाडौं ६ साउन । अभिनेता हरिवंश आचार्य नाकबाट रगत बगेपछि विराटनगरको विराट नर्सिङ होम अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार विराटनगर पुगेका थिए । आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहित प्रशंसक र शुभचिन्तकहरुकाे भिडभाड बढेकाे थियाे । नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरेपछि अवस्था सामान्य रहेकाे छोरा मोहितले बताएका छन ।