सुन्दरहरैँचामा कुखुरा फर्मभित्र संचालककाे विभत्स हत्या
काठमाडाैं २७ असार। मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र संचालककाे विभत्स हत्या भएकाे छ सुन्दरहरैँचा नगरपालिका ९ का ४९ वर्षीय सहदेव बजगाईंको गएराति हत्या भएकाे छ बजगाईंको टाउको क्षतविक्षत अवस्थामा रहेकाे छ भने शरीरका अन्य भागमा चोट देखिएको छ शरीरका विभिन्न ठाउँमा बन्चरो र दाउले प्रहार गरिएकाे अनुमान गरिएकाे छ शब भएकाे ठाउमा एउटा बन्चरो र दाउरा फेला परेको माेरङ प्रहरीले जनाएकाे छ ।