मलेखु - नारायणगढ सडक अबरुद्ध :
काठमाडौं २२ असार । गएराती देखि परेको अविरल बर्षाको कारण काठमाडौं नारायणगढ खण्डको विभिन्न स्थानमा पहिरो जादा बिहानै देखि सो खण्डको सडक अबरुद्ध भएको हो सडक अबरुद्ध भएपछि सयौं सबारी साधन र हजारौं यात्रु बाटोमा अलपत्र भएका छन । सडक सुचारु गर्न पहिरो पन्छाउने काम भइरहेको स्थानीय प्रहरीले जनाएका छन ।